चितवन चेम्बर अफ कमर्सद्वारा चिकित्सकसँग सम्वाद कार्यक्रम सञ्चालन (फोन नम्बरसहित)

अन‌ि यो पनि

भरतपुर, ११ जेठ । चितवन चेम्बर अफ कमर्सले चितवनसहित देशभर फैलिएको कोरोना महामारीबाट आमनागरिकले पाएको पीडाप्रति चिन्तित रहँदै ‘प्रत्येक घरमा डाक्टर छौँ साथमा’ नामक विशेष सञ्चालन गरेको छ । हालसम्म ७२ जनाले स्वास्थ्यसम्बन्धी पराशर्म लिएको कार्यक्रम संयोजक महेश तिवारीले जनाकारी दिए ।

कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण अस्पतालमा अक्सिजन तथा बेड पर्याप्त नहुने अवस्था छ भने होम आइसोलेसनमा रहेका संक्रमितहरु पनि सही स्वास्थ्य सेवा र डाक्टरको परामर्श पाउन नसकेका समाचार सार्वजनिक भएपछि कसैको पनि अकालमा ज्यान नजाओस् भन्नाका लागि चितवन चेम्बर अफ कमर्सले सो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष दीर्घमान श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारीको अहिलेको विषम परिवेशमा कोभिड–१९ बाहेकका दीर्घराोगीहरु पनि अस्पताल जान डराएर झनै समस्यामा परेको अवस्थाप्रति चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको हो । कोही पनि उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सबैलाई उपयोगी हुने लोककल्याणकारी कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक महेश तिवारीले बताए । उनका अनुसार यस कार्यक्रममा विशिष्ट डाक्टरहरुसँग बिरामीले प्रत्यक्ष फोनमा सम्वाद गर्न सक्नेछन् ।

सो कार्यक्रम पूर्णतया निःशुल्क हुने र घरमै बसेर चितवन तथा आसपासका नागरिकले हरेक दिन एक घन्टा १५ भन्दा बढी विशिष्ट डाक्टरहरुसँग कोभिड तथा ननकोभिडसम्बन्धी सम्पूर्ण जानकारी फोनमार्फत लिन सक्ने कार्यक्रम संयोजक तिवारीले जानकारी दिए । उनले आवश्यक परेका बिरामीलाई अस्पताल लगेर सहुलियतमा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको बताए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया