चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो

अन‌ि यो पनि

चितवन ११ जेठ । चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०० नाघेको छ। मंगलबार एकैदिन सात जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या २०६ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। भरतपुर अस्पतालमा र चितवन मेडिकल कलेजमा दुई/दुईजना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको छ भने भरतपुर र रत्ननगर नगरपालिकामा एक/एक जनाको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

जिल्लामा कुल संक्रमितको संख्या १२ हजार ९७५ पुग्दा चार हजार ६५८ जना होम आइसोलेसनमा छन् भने स्थानीय तहले सञ्चालन गरेको पब्लिक आइसोलेसनमा १४ जना छन्। अस्पतालमा भने १६२ जना भर्ना भएका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्। कुल संक्रमितमध्ये हालसम्म सात हजार ९३५ जना मात्रै संक्रमणमुक्त भएका छन्।

समग्र चितवनको अस्पतालमा मंगलबार भरतपुरका सातसहित एकैदिन १३ जनाको मृत्यु भएको छ। चितवन बाहिरका संक्रमितमध्ये भरतपुर अस्पतालमा गोरखा र बाराका एक/एक जना, चितवन मेडिकल कलेजमा नवलपरासी र बाराका एक/एक जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा रुपन्देहीका दुई जनाको मृत्यु भएको हो।

मंगलबारको तथ्यांकअनुसार हाल चितवनका अस्पतालहरुमा ४३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये ५३ जना भेन्टिलेटरमा छन् भने २०४ जना सघन उपचार कक्ष (आइसियू)मा उपचाररत छन्। यस्तै एचडियूमा भने ६३ जनाको उपचार भइरहेको छ। १६३ जनाको जनरल वार्डमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले दखाएको छ।

५५ जना घर गए

चितवका अस्पतालबाट गएको २४ घण्टामा ५५ जना कोरोना संक्रमित घर फर्किएका छन्। भरतपुर अस्पतालबाट २३ जना, चितवन मेडिकल कलेजबाट १७ जना कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट सात जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट पाँच जना घर फर्किएका हुन्। बाँकी तीन जना भने कालिका नगरपालिकाको आइसोलेसनबाट संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

तथ्यांक स्रोत : स्वास्थ्य कार्यालय चितवन

No photo description available.

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया