‘ड्युटी’मा रहेका सुरक्षाकर्मीलाई लायन्स क्लबले बाँड्यो स्वास्थ्य सुरक्षाका सामग्री

अन‌ि यो पनि

चितवन ११ जेठ । लायन्स क्लब अफ काठमाडौँ हाइ भिजन डिस्ट्रिक्ट ३२५ एटुले चितवन जिल्लाका सडकमा खटिँदै आएका सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। मौवाखोला, मुग्लिनदेखि नारायणगढको पुलचोक, लोथर, जुटपानी र माडीसम्मका सुरक्षाकर्मीलाई मास्क र स्यानिटाइजर वितरण गरिएको कार्यक्रमको संयोजन गर्दै आएका चितवन जिल्ला संयोजक प्रमोद भण्डारीले जानकारी दिए।

उनका अनुसार ६ हजार थान मास्क र १०० थान ह्यान्ड स्यानिटाइजर वितरण गरिएको छ। सोमबार र मंगलबार गरी जिल्लाका हरेक बिट र चोकचोकमा खटिँदै आएका सुरक्षाकर्मीलाई उक्त सामग्री वितरण गरिएको संयोजक भण्डारीले बताए। सोमबार मुग्लिनदेखि पुलचोक हुँदै लोथरसम्म पुगेको क्लबको टोलीले मंगलबार भने माडी पुगेर उक्त सामग्री वितरण गरेको हो।

‘बाटैमा पर्ने केही इलाका प्रहरी कार्यालयसहित हरेक प्रहरी बिट र चोकचोकमा बस्ने प्रहरी कसैलाई पनि नछुटाइकन स्वास्थ्य सुरक्षाका सामग्री वितरण गर्‍यौँ,’ सह-संयोजक सन्तोष लामाले भने, ‘सिंगो क्लबले भने देशैभर यो अभियान नै चलाएको छ।’ स्वास्थ्यकर्मीपछि कोरोना संक्रमणको उच्च जोखिममा रहेर काम गर्दै आएका सुरक्षाकर्मीको पनि स्वास्थ्य सुरक्षाको विषयमा सबैले चासो दिनुपर्नेमा लायन्स क्लबले त्यसमा ध्यान केन्द्रित गरेको उनले बताए।

स्वास्थ्य सुरक्षाका सामग्री वितरणको लागि क्लबका सदस्यहरु लक्ष्मण पौडेल, अनुप पोडेलसँगै सञ्चारकर्मीद्वय नेत्र गुरुङ (भाइराजा) र सागर ढुंगानाले साथ दिएका थिए।

निभेको चुल्हो बाल्ने प्रयास गर्दै

लायन्स क्लब अफ काठमाडौँ हाइभिजन डिस्ट्रिक्ट ३२५ एटुले कोरोना भाइरस संक्रमणको जोखिमसँगै निम्तिएको समस्यामा परेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने तयारी गरेको छ। विशेष गरी चितवनको रत्ननगर नगरपालिकाभित्र रहेका विपन्न परिवारको खोजी गरी खाद्यान्न वितरण गर्ने तयारी गरेको हो।

नगरपालिकाको सबै वडाभित्र निषेधाज्ञाका कारण चुल्हो निभेका विपन्न परिवारको खोजी गरी उनीहरुको चुल्हो बाल्ने प्रयासमा लागेको क्लबका चितवन जिल्ला संयोजक प्रमोद भण्डारीले जानकारी दिए। आर्थिक अवस्था ज्यादै कमजोर भएका र निषेधाज्ञाका कारण सहज तरिकाले काम गर्न नपाएपछि चुल्हो बाल्न नपाएकाहरुको विवरण संकलन गरेर उनीहरुको पेटमा भोक मार्ने प्रयास गरिएको उनले बताए।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया