निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

अन‌ि यो पनि

काठमाडौँ, ११ जेठ। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०-७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताउनुभयो । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ यो अवस्थामा सुधार नभएसम्म कामदारलाई तुरुन्त काममा फर्काउन गाहे हुने देखिन्छ ।”

समग्र ठेक्काको हिसाबले १५-२० प्रतिशत सक्नुपर्ने भएपनि अहिलेसम्मको भौतिक प्रगति छ-सात प्रतिशत मात्रै रहेको आयोजनाले जनाएको छ । नारायणगढदेखि बुटवल सडकको लम्बाई ११५ किमी रहेको छ । सो सडकमा पूर्व र पश्चिम गरेर दुई ठेक्कामा निर्माण भइरहेको । चिनिँया कम्पनी चाइना स्टेट इञ्जिनीयरिङ कर्पो रेशनले दुबै ठेक्कामा निर्माण अघि बढाइएको छ ।

‘डेडिकेडेट डबल लेन’ सडकमा कतै ठाउँ हेरेर तीनदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । बजार क्षेत्रमा मुख्य राजमार्ग चार लेन र दुई लेन सर्भिस ट्याक गरी छ लेनमा विस्तार हुँदैछ । मुख्य राजमार्गको दुबैतर्फ एक-एक लेनको सर्भिस ट्याकको निर्माण हुनेछ । जङ्गल क्षेत्र, बस्ती नभएका क्षेत्रमा चार लेन हुने छ भने दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुँदैछ । क्षमताभन्दा बढी तौल बोकेका धेरै गाडीहरु धेरै दाउन्ने आइपुगेर बिग्रने गरेको छ । एउटा लेनमा गाडी बिग्रिए पनि अरु दुई लेनबाट दुबैतर्फ पास हुनसक्ने भन्दै तीन लेनमा विस्तार गर्न लागिएको बताइएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया