संसद् विघटनको विरुद्ध पाँच विद्यार्थी संगठनले आन्दोलन गर्ने

अन‌ि यो पनि

चितवन । जिल्लामा क्रियाशील पाँच राजनीतिक दलका विद्यार्थी संगठनहरुले सरकारले गरेको संसद् विघटनको विरुद्धमा संयुक्त आन्दोलन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ चितवन, अनेरास्ववियु चितवन, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा आन्दोलन गर्ने जनाएका छन् ।

सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उनीहरुले सरकार पुनः प्रतिगमनको बाटोमा गएको, जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी शैली रहेको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकाल, अनेरास्ववियु (क्रान्तिकारी) चितवनका संयोजक अविनाश रम्तेल, अनेरास्ववियु चितवनका अध्यक्ष साकार लामा, समाजवादी विद्यार्थी युनियनका अनुज जोशी र अखिल छैठौंका जिल्ला अध्यक्ष कमल आचार्यद्वारा जारी विज्ञप्तिमा संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिँदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमोतोमा गरिएको संसद् विघटन वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइसरको नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको समयमा मध्यवधि निर्वाचनको घोषणा देश र जनताप्रतिको गैरजिम्मेवारीको पराकाष्ठा हो ।’ सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै संसद् विघटनको विषयमा सशक्त आन्दोलन गर्ने सहमति भएको नेविसंघ चितवनका अध्यक्ष ढकालले जानकारी दिए । सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका लागि सबैलाई एक हुनसमेत आग्रह गरिएको छ ।

सै क्रममा सोमबार पूर्वी चितवनको कालिका नगरपालिकामा राष्ट्रपति र प्रधानमन्त्रीको कदमका विरुद्धमा मसाल जुलुस र पुत्ला दहन गरिएको ढकालले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया