लियो क्लब अफ गीतानगरमा विवेक पोख्रेल

अन‌ि यो पनि

चितवन १० जेठ । लियो क्लब अफ गीतानगरको अध्यक्षमा विवेक पोख्रेल चयन भएका छन्। वर्ष २०२१/०२२ को कार्यकालको लागि पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो। भर्चुअल माध्यमबाट सम्पन्न क्लबको १७औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरिएको हो।

क्लबको प्रथम उपाध्यक्षका श्याम विश्वकर्मा, द्वितीय उपाध्यक्षमा शिव शर्मा गौतम, सचिवमा रेशम तिमिल्सेना, सहसचिवमा प्रशान्त कोइराला, कोषाध्यक्षमा सूर्य अधिकारी र सहकोषाध्यक्षमा शान्ति रिमाल चयन भएका छन्। अन्य सदस्य भने क्लबको पहिलो बैठकले मनोनित गर्ने अध्यक्ष पोख्रेलले बताए।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया