मौलाकालिकामा केवुलकार : दुई अर्ब लागतमा निर्माण सक्ने गरी रुख कटान थालियो

अन‌ि यो पनि

नवलपुर १० जेठ । देशकै प्रसिद्ध पर्यटकीय धार्मिक स्थल मौलाकालिका मन्दिरमा एकवर्षभित्रै केवुलकार निर्माण गर्ने गरी काम थालेको छ। गैँडाकोट नगरपालिकाको वडा नं. १ मा रहेको मन्दिरमा केवुलकार निर्माण गर्नको लागि सोमबारदेखि रुख कटानको काम सुरु गरेको छ। मन्त्रिपरिषदको निर्णयबाट रुख कटानको अनुमति आएपछि कटानको काम थालिएको धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए। उनका अनुसार केवुलकार निर्माणको लागि साना तथा ठूला गरी १ हजार ३८ वटा रुख काटिने छन्। ठूलाभन्दा धेरै पोल आकारका साना रुख भएकाले जेठ मसान्तसम्म कटानको कार्य सकाएर कन्स्ट्रक्सन सुरु गर्ने उनको भनाइ छ।

चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेको अष्ट्रेलियन कम्पनीले कन्स्ट्रक्सनको काम गर्ने उनले बताए। धार्मिक सेवा समितिका अनुसार धारापानी र मन्दिर नजिकै रहेको हेलिप्याडमा गरी दुई वटा स्टेशन बन्नेछ। कुल एक हजार दुईसय मिटरको लम्बाईमा निर्माण हुने केवुलकारको ६ वटा टावर र १२ वटा डब्बा हुनेछ भने एउटा डब्बामा ८ जना अट्ने क्षमता रहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोकुल साउदले जानकारी दिए। दैनिक ६ हजार यात्रु आवतजावत गराउन सक्ने उनले बताए।

५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब लागतमा केवलकार निर्माण हुने बताइएको छ। समयअनुसार लागत बढ्न सक्ने अनुमान गरिएको छ। धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भए पनि समयको मागअनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताए। योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिने र त्यसको लागि एउटा समिति बनाएर शर्त पूरा गर्नेगरी सहमति गरेर मन्दिरको ३४औँ साधारणसभाले निर्माणको अनुमति दिएको अध्यक्ष सापकोटाले बताए।

गैँडाकोट नगरपालिका वडा नं. १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले लामो समयको संघर्षपछि केवलकार निर्माणले अनुमति पाएको भन्दै मौलाकालिका मन्दिरमा केवुलकार निर्माण हुनु वडाको पनि गौरवको आयोजना भएको बताए। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अमृत भट्टचनले निजी क्षेत्र नाफामूलक मात्र नभई समुदायको विकासमा ठूलो काम गरेको छ भन्ने उदाहरणको रुपमा केवुलकार आयोजनालाई लिइएको बताए।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले मौलाकालिका मन्दिरमा केवुलकार निर्माण जिल्लाकै ठूलो आयोजना भएकोले नगरपालिकाको लागि खुसीको कुरा भएको बताए। निर्माण सम्पन्न गर्न नगरबाट पूर्ण सहयोग हुने उनले वचन दिए। यसले स्थानीयको आयआर्जनमा समेत परिवर्तन ल्याउनमा सहयोग पुग्ने उनको भनाइ छ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया