रत्ननगर खानेपानीद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री

अन‌ि यो पनि

चितवन १० जेठ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। कोरोना नियन्त्रणमा खटिएको इलाका प्रहरी कार्यालय रत्ननगरलाई सो संस्थाले १० थान पिपिई र ८० जोर पन्जा सहयोग गरेको हो। सोमबार संस्थाका अध्यक्ष भीष्मराज पौडेलले इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

अध्यक्ष पौडेलले कोरोना महामारीलाई जित्न चौतर्फी सहकार्य आवश्यक रहेको भन्दै महामारी नियन्त्रणको लागि अग्रपंक्तिमा खटिने प्रहरीको सुरक्षाको लागि संस्थाको तर्फबाट सानो सहयोग गरेको बताए। केही दिनअघि रत्ननगर बकुलहर अस्पतालाई अक्सिजनसहितको सिलिण्डर र उपभोक्तालाई एक महिनाको न्युनतम महसुल छूट गरिएको उनले बताए। कोरोनाको पहिलो लहरमा पनि संस्थाले रत्ननगर नगरपालिकाको कोरोना नियन्त्रण कोषमा १ लाख ११ हजार १११ रुपैया सहयोग गरेको थियो। यस्तै खानेपानी उपभोक्तालाई पनि एक महिनाको न्युनतम महसुलमा छूट दिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...