मध्यविन्दु अस्पतालमा अक्सिजन प्लान्ट बिस्तार गर्न सहयोग संकलन

अन‌ि यो पनि

नवलपुर १० जेठ । कावासोतीमा रहेको मध्यविन्दु अस्पतालमा अक्सिजन सेवा बिस्तारका लागि स्थानीय स्तरबाट सहयोग जुट्न थालेको छ। नवलपुरमा कोरोना संक्रमितको चाप बढ्दै गएपछि जिल्ला अस्पतालमा एउटा अक्सिजन प्लान्ट सञ्चालनमा आए पनि अक्सिजनको मात्रा नपुग्ने हुँदा थप प्लान्ट बिस्तार गर्नको लागि सहयोग जुट्न थालेको हो। डिसिसिएमसीको निर्णयअनुसार स्थानीयस्तरबाट सहयोग संकलन गरी अस्पताललाई २ लाख ४४ हजार ६६६ रुपैयाँ सहयोग गरिएको कावासोती नगरपालिका ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए।

वडा अध्यक्ष श्रेष्ठले २७ हजार ५५५, सत्कार पौडेलले २६ हजार १११, कोषराज कार्कीले २५ हजार, ऋषिराम कँडेलले २५ हजार, विन्दु केसीले २५ हजार, गोमाया खण्डलुकले २५ हजार सहयोग गरेका हुन्।
त्यसैगरी नवराज भण्डारीले २५ हजार, रिभर श्रेष्ठले २५ हजार, राजकुमार श्रेष्ठले १५ हजार, नवजीवन पुनस्र्थापना केन्द्र चोरमाराले १० हजार, कावासोती ३ का भानु युथ एकेडमी र उनका पदाधिकारीबाट ११ हजार रुपैयाँ सहयोग प्राप्त भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए। उक्त रकम सोमबारै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा थापालाई हस्तान्तरण गरिएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया