मध्यविन्दु अस्पतालमा १० बेडको आइसियू कक्षसहित अक्सिजन प्लान्ट सञ्चालन

अन‌ि यो पनि

नवलपुर १० जेठ । मध्यविन्दु अस्पतालमा १० बेडको आइसियू कक्षसहितको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा वीरबहादुर थापाका अनुसार अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १८ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिन्छ। अक्सिजन प्लाण्ड सञ्चालनमा आएपछि तत्कालका लागि अक्सिजन अभाव हटेको उनले बताए। तथापि अहिले अस्पतालमा रहेका बिरामीका लागि अक्सिजन प्लाण्टले मात्र पुग्ने अवस्था नरहेको डा थापाले बताए।

जिल्ला कोभिड-१९ संकट व्यावस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टलाई बिस्तार गर्ने निर्णयसमेत गरेको छ। अस्पतालमा अक्सिजनको अभाव हुन थालेसँगै कोभिड व्यवस्थापन केन्द्रले विभिन्न उद्योगबाट सिलिण्डर संकलन गरी अक्सिजन भर्ने गरेको थियो। हाल अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट भने दाताहरुमार्फत जुटेके अस्पतालले जनाएको छ। अस्पतालमा कोरोना संक्रमितको लागि अझै पनि प्लान्ट थप गनुपर्ने आवश्यकता रहेको हुँदा सहयोग गर्न विभिन्न संघसंस्था तथा सहयोगी हातहरुलाई आग्रह गरेको छ।

१० वेडको आइसियू सञ्चालन
अस्पतालमा १० वेडको आइसियू सेवासमेत सञ्चालनमा आएको छ। जटिल प्रकृतिका बिरामीलाई राखेर उपचार गर्ने आइसियू कक्ष सञ्चालनमा आएको हो। आइसियूमा अहिले २ जना संक्रमितको उपचार चलिरहेको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया