प्रेस चौतारीलाई युथ क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

अन‌ि यो पनि

चितवन १० जेठ । युथ क्लब नारायणगढले प्रेस चैतारी नेपाल चितवनलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिमका बेलामा पनि पत्रकारहरुलाई स्थलगत समाचार संकलनमा खटिनुपर्ने वाध्यता हुने हुँदा उनीहरुको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएको हो। क्लबले प्रेस चौतारीमार्फत मास्क र स्यानिटाइजर सहयोग गरेको क्लबका उपाध्यक्ष तथा वितरण कार्यक्रमका सयोजक शालिग्राम नेपालले जानकारी दिए।

विगतदेखि नै समस्यामा हातेमालो गर्दै आएको क्लबले आवश्यक पर्दा आगामी दिनमा पनि सहयोग गर्न सकिने बताएको बताए। क्लबले सडक बालबालिका, बाल मजदुर, सामाजिक अभियानमा विभिन्न कार्यक्रम सन्चालन गर्दै आउने क्रममा पत्रकारहरुलाई पनि सहयोग गरेको क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले बताए। सबैको साझा समस्यामा पत्रकारहरुका लागि अमूल्य सहयोग गरेको भन्दै प्रेस चौतारी चितवनका संयोजक सुवास पण्डितले क्लबलाई धन्यवाद दिए।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया