२४ घण्टामा १५ को मृत्यु ६०, जना संक्रमणमु्क्त, अस्पतालमा ४७३ जना

अन‌ि यो पनि

चितवन १० जेठ । सोमबार चितवनमा चितवनका एकजनासहित १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। मृत्यु हुनेमा बाराका दुईजना, लमजुङका, सिमरा, महोत्तरी, नवलपरासी र कपिलवस्तुका एकएक जना छन् भने रुपन्देहीका चारजना र रौतहटका तीनजना छन्। बाराका एक जनाको भरतपुर अस्पतालमा र रौतहटका एक जनाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएका हुन्।

यस्तै लमजुङ, चितवन, कपिलवस्तु र सिमराका एकएकजना र रुपन्देहीका तीनजना गरी सात जनाको चितवन मेडिकल कलेजमा र रौतहटका दुईजना, रुपन्देही, महोत्तरी, नवलपरासी र बाराका एकएकजना गरी छ जनाको भने कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यो तथ्यांक गएको २४ घण्टाको हो। सोही अवधिलाई हेर्ने हो भने सोमबार अस्पतालमा उपचाररतहरुको संख्या ४७३ मा झरको छ। आइतबार यो संख्या ४९८ थियो।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार चितवनका अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै आइसियूमा छन्। आइसियूमा मात्रै २३३ जना छन्। भेन्टिलेटरमा ६० र एचडियूमा ७३ जनाले उपचार सेवा लिइरहेका छन् भने जनरल वार्डमा १६७ जना छन्। समग्रमा हेर्ने हो भने भरतपुर अस्पतालमा १४२ जना, चितवन मेडिकल कलेजमा १२५ जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ९२ जना संक्रमतिको उपचार भइरहेको छ।

यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ५६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। जिल्लाका अन्य निजी अस्पतालमा पनि ३४ जनाको उपचार भइरहेको उनले बताइन्।

स्थानीय तहको आइसोलेसनमा २४ जना
जिल्लामा रहेका सातवटा स्थानीय तहले निर्माण गरेको आइसोलेसनमा सोमबार २४ जना कोरोना संक्रमितले उपचार सेवा लिइरहेका छन्। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाको आइसोलेसनमा पाँचपाँच जना संक्रमितले उपचार गराइरहेका छन्। कालिका नगरपालिकामा चार जना, खैरहनी नगरपालिकामा तीनजना र रत्ननगर नगरपालिकामा दुईजना संक्रमितले स्थानीय तहको आइसोलेसनबाट सेवा लिइरहेका छन्। यो संख्या जिल्लाभित्रका अस्पताल भर्ना भएका कोरोना संक्रमितको संख्याभित्र नै पर्दछ।

२४ घण्टामा घर जाने ६० जना
चितवनमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित घर फिरेका छन्। भरतपुर अस्पतालबाट १८ जना, चितवन मेडिकल कलेजबाट १७ जना कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट १९ जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट चारजना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

प्रतिकृया

मुख्य समाचार

खाद्य सुरक्षाप्रतिको उदासीनता

‘खाद्य’ मानिसले जीवननिर्वाह गर्नका लागि अत्यावश्यक छ । त्यसरी नै पर्याप्त खाद्यमाथिको पहुँचको मुद्दाले मानवअधिकारसँग प्रत्यक्ष सरोकार राख्छ, जसलाई...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया