संसद विघटनविरुद्ध पाँच दलका १४६ सांसदद्वारा सर्वोच्चमा रिट

अन‌ि यो पनि

काठमाडौँ १० जेठ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र जनमोर्चाले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ। विपक्षी पाँच दलका सांसदले हस्‍ताक्षर गरेको रिटमा संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग गरिनुका साथै संसद पुनर्स्थापनाको माग गरिएको छ।

उक्त रिटमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जनता समाजवादी पार्टीका १२ र जनमोर्चाका १ गरी १४६ सांसदले हस्ताक्षर गरेका छन्। प्रष्ट बहुमतसहित दाबी गरेका देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको विपक्षी दलका सांसदहरुको दाबी छ।

संसदमा बहुमत देखाउन सक्दिनँ भनेर वैकल्पिक सरकार गठनका लागि अनुरोध गरेका प्रधानमन्त्री ओलीलाई फेरि प्रधानमन्त्रीमा दाबी गर्न जाने हक नभएको उनीहरुको जिकिर छ। रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न मागसमेत गरिएको छ।

प्रधानमन्त्रीका लागि कांग्रेस सभापति देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। संसद विघटनलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनका १४६ सांसदले सोमबार रिट दायर गरेका हुन्।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया