कोरोना संक्रमणबाट विद्यालयका प्रधानाध्यापक र अध्यक्षको मृत्यु

अन‌ि यो पनि

भरतपुर । राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-२५, बयलघारीका प्रधानाध्यापक र अध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रधानाध्यापक धनबहादुर विकको कोरोना संक्रमणबाट निधन भएको केही दिनमै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर विकको पनि कोरोना संक्रमणबाटै निधन भएको हो ।

प्रधानाध्यापक र अध्यक्ष दुवैको असामयिक निधन भएपछि विद्यालय परिवार शोकमा डुबेको राष्ट्रिय आधारभूत विद्यालय भरतपुर-१, ठिमुराका प्रधानाध्यापक ज्योतिनारायण ढकालले जनाएका छन् । उनले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...