९२ वर्षीय वृद्धको घर बनाउन जुट्दै रत्ननगरका तीन युवा

अन‌ि यो पनि

चितवन १० जेठ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणले विश्वलाई नै आक्रान्त बनाइरहेका बेला रत्ननगर नगरपालिका वडा नं. १६ का तीनजना युवा भने अशक्त एवम् अति विपन्न वृद्धको हेरचाहमा व्यस्त भएका छन्। सामाजिक अभियन्ता एवम् व्यवसायी सुमन थापा, सन्तोष लामा र सञ्चारकर्मी नेत्र गुरूङ सोही वडाको कुँवर टोलमा रहेका अति विपन्न टेकबहादुर मगरको पालनपोषण तथा नातिनी गीता मगरको पठनपाठनको लागि सक्रिय भएका छन्।

९२ वर्षीय मगरको नातिनी गीता सानै भएकोले परिवारविहीन अवस्थामा रहेको हुँदा उनको स्वास्थ्योपचार, खाद्यान्न तथा घर निर्माणको लागि तीनजना युवाले पहल थालेको हो। चुहिने छानोमा हजुरबा र नातिनी मात्रै बस्दै आएकामा सबैभन्दा पहिले खाना पकाउने ग्यास चुल्हो, केही कपडा र खाद्यान्न सहयोग गरेका थिए। त्यसपछि दोस्रो चरणमा उनीहरुले घर निर्माण तथा दैनिक खर्च व्यवस्थापनको लागि आर्थिक संकलन अभियानसमेत चलाइरहेका छन्।

वृद्ध टेकबहादुर मगर

हालसम्म एक लाख रुपैयाँ रकम संकलन भइसकेको अभियन्ता सन्तोष लामाले जानकारी दिए। वृद्धका छोरा बुहारी भए पनि विगत केही वर्षदेखि सम्पर्कविहीन भएकोले नातिनीले छिमेकीको सहारामा हजुरबाको रेखदेख गर्दै आएकी छिन्। कक्षा ९ मा अध्ययनरत गीता घर घामपानी पनि नछेक्ने गरी जीर्ण भइसकेकोले छिमेकीको घरमा सुत्नुपर्ने बाध्यता छ । आँखा कम देख्ने र कान पनि कम सुन्ने वृद्ध हजुरबालाई एक्लै छाडेर सुत्न पनि छिमेकीको सहारा चाहिने भएपछि तत्काललाई गासपछि वासकै आवश्यकता रहेको हुँदा सहयोग रकम संकलन अभियान थालेको अर्का अभियन्ता सुमन थापाले बताए।

उनका अनुसार वडाले वातावरण सहज भएपछि मगरको घर बनाइदिने आश्वासन दिएको छ। वडाले घर बनाइदिएमा संकलित रकम एउटा कोष खडा गरेर नातिनी गीताको शिक्षादीक्षा र पालनपोषणमा खर्च गरिनेछ। वडाले समयमै घर नबनाइदिए त्यही रकमले घर बनाइदिने योजना रहेको उनले बताए। आफूहरुले चलाएको अभियानमा देश विदेशबाट हातेमालो गर्दै रकम संकलनमा साथ पाइरहेको अर्का अभियन्ता नेत्र गुरूङ बताउँछन्। यो अभियानबाट पाँच लाख रुपैयाँसम्म रकम संकलन गर्ने लक्ष्य लिइएको उनले बताए।

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

परनिर्भरताको दलदल !

अन्य समाचार

प्रतिकृया