बागमतीको बजेट अधिवेशन जेठ १६ बाट

अन‌ि यो पनि

हेटौँडा, १० वैशाख । बागमती प्रदेशसभाको आठौँ अधिवेशन आह्वान भएको छ । जेठ १६ गते आइतबारको लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम बजेट (वर्षे) अधिवेशनको आह्वान गरेका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ जेठमा आठौँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

अबको अधिवेशनमा आगामी आर्थिक वर्षको २०७८/०७९को नीति तथा कार्यक्रम र प्रि बजेट छलफल हुनेछ । प्रदेशसभामा राजनीतिक खिचातानीकाबीच यही अधिवेशनमा बजेट ल्याउनुपर्ने रहेको छ । प्रदेश सरकारले आगामी वर्षको बजेटको लागि अहिलेसम्म औपचापरिक छलफलसम्बन्धी कुनै कार्यक्रम गरेको छैन ।

बागमती प्रदेशसभाको सुरू वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएको योजना बैंकको योजना अहिलेसम्म अलमलमै रहेको छ । अब आउने बजेटको विषयमा बल्ल प्रदेशसभाको बैठकमा छलफल हुने भएको छ ।

‘पेन्डिङ’मा विजनेश

बागमती प्रदेशसभामा गत वैशाख ७ गते मंगलबारसम्म भएको हिउँदे अधिवेशनमा पास हुनुपर्ने दुई विधेयक पेस नभई रोकिएको थियो । कार्यसूचीमा रहेका बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले पेस गरेको सडकसम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेस गरेको पर्यटनसम्बन्धी विधेयक छलफलविना नै यो अधिवेशनमा सरेको थियो ।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठका अनुसार, महालेखा परीक्षणको प्रतिवेदन, लोकसेवा आयोगको प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पनि पेस हुन सकेको छैन ।

गत अधिवेशबागमतीमा पटक–पटक संसद् अवरुद्ध भएपछि प्रदेशसभा सचिवालयमा पेस भएका ‘बिजनेस’ रोकिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले विद्युतीय बस खरिद गर्नुअघि चार्जिङ सेन्टरलगायत पूर्वाधार निर्माण हुनुपर्ने विषयमा सरकारको जवाफ मागे पनि चित्तबझ्दो जवाफ नआएको भन्दै संसद् बैठक अवरुद्ध गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया