मिनी ट्रकसहित अवैध मालसामान बरामद

अन‌ि यो पनि

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले अवैध कारोबारमा संलग्न एक मिनी ट्रकसहित २४ बोरा (१२ क्विन्टल) चिनी परासीको बुद्धचोकबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परासीबाट सुनवलतर्फ जाँदै गरेको टाटा कम्पनीको अनटेस्ट मिनी ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा भन्सार छली अवैध रूपमा लुकाई छिपाई राखी लैजाँदै गरेको २४ बोरा चिनी फेला परेकोले तत्काल नियन्त्रणमा लिएको हो ।

बरामद चिनीको अन्दाजी मूल्य ७२ हजार रुपैयाँ बराबर रहेको छ भने गाडीको अन्दाजी मूल्य १० लाख बराबर रहेको छ ।

बरामद चिनी, गाडी र गाडी चालकसमेतलाई आइतबार आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया