सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

अन‌ि यो पनि

चितवन, ९ जेठ । माओवादी केन्द्र निकट वाइसियल रत्ननगर नगर कमिटीले चितवनको सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीका पुत्ला दहन गरेको छ । आइतबार साँझ सौराहाको गैँडाचोकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो ।

संसद् विघटनको विरोधमा माओवादी केन्द्र र केन्द्रनिकट विभिन्न संगठनले देशव्यापीरुपमा सुरु गरेको आन्दोलनअन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो । वाइसियलका केन्द्रीय सचिव दिवश पाण्डेसहित युवा नेताहरुको उपस्थितिमा पुत्ला दहन गरिएको नगरकमिटी संयोजक राजेन्द्र धामीले जानकारी दिए ।

कार्यक्रममा सहभागी युवा नेताहरुले सरकारले दोस्रो पटक संसद् विघटन गरेर संविधानमाथि ‘कू’ गरेको भन्दै संसद् पुनःस्थापना नभएसम्म सडक संघर्ष गर्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लगायत अन्य राजनीतिक दलहरुले पनि विरोधमा जनाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । प्रतिनिधिसभा विघटनपछि प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गतेलाई चुनावको मिति तोकिएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया