राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध उभिन पाँच भातृसंगठनको अपिल

अन‌ि यो पनि

भरतपुर, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीद्वारा जेठ ७ गते मध्यरातमा षडयन्त्रपूर्वक संविधानसभा विघटन गरिएको भन्दै चितवनका ५ राजनीतिक पार्टीका भातृसंगठनले विरोध जनाएका छन् ।

तरुण दल नेपाल चितवनका अध्यक्ष राजन ताम्राकार, वाइसिएल नेपाल चितवनका अध्यक्ष मधु न्यौपाने, युवा संघ नेपाल चितवनका अध्यक्ष सन्जिव लामिछाने, समाजवादी युवा संघ नेपाल चितवनका अध्यक्ष प्रदीप रेग्मी र अखिल नेपाल युवक संघ चितवनका इन्चार्ज सुमन आचार्यले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र प्रतिगामी कदम भएको ठहर गर्दै भत्र्सना गरिएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ : ‘नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको केपी ओली सरकारले उपधारा ४ बमोजिम एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई लत्याउँदै उपधारा ५ बमोजिम सरकार गठन गर्न सिफारिस भएकोमा राष्ट्रपतिबाट एक दिनको समयसीमा नदिई सरकार गठन गर्न आह्वान भएकोमा प्रतिनिधिसभाका १४९ सांसद्को हस्ताक्षरसहित माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरिएकामा राष्टपतिबाट संसद् विघटन गरिनु नेपालको संविधान र लोकतन्त्रमाथि कुठाराघात गरिएको र उक्त कदम पुस ५ गतेकै प्रतिगामी कदम भएको हाम्रो ठहर छ ।’

वर्तमान समयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भ्याक्सिन खरिदमा ध्यान नदिएका कारण अस्पतालमा शय्या, अक्सिजन र औषधिको हाहाकार मच्चिएको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा र जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड र अक्षम्य अपराध भएको विज्ञप्तिमा जनाइएको छ ।

५ भातृसंगठनले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीबाट गरिएको प्रतिगामी कदमको विरुद्धमा उभिन र संघर्ष गर्न राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, मानव अधिकारकर्मी, पेसाकर्मीलगायत सबैमा विज्ञप्तिमार्फत अपिल गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

परनिर्भरताको दलदल !

प्रतिकृया