रत्ननगर खानेपानीद्वारा अस्पताललाई अक्सिजन, उपभोक्तालाई महसुल छूट

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले कोरोना महामारीलाई लक्षित गरी कोरोना बिरामीको उपचारका लागि रत्ननगर अस्पताललाई १० वटा अक्सिजनसहितको सिलिन्डर र उपभोक्तालाई एक महिनाको महसुल छूट दिने निर्णय गरेको छ ।

स्पताल आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीष्मराज पौडेलले रत्ननगरका मेयर नारायण वनलाई अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर वनले रत्ननगर अस्पतालमा सेवा थप गरी कोरोना संक्रमितको उपचार गर्ने गरी तयारी सुरु गरिएको बताए ।

संस्थाका अध्यक्ष पौडेलले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पताललाई अक्सिजन र उपभोक्तालाई एक महिनाको महसुल छूट दिइएको बताए । संस्थाले कोरोना महामारीका कारण उपभोक्ता समस्यामा रहेका ठहर गर्दै वैशाख महिनाको खानेपानीको न्यूनतम महसुल छूट दिने भएको हो ।

संस्थाले आइतबार जारी गरेको सूचनामा सम्पूर्ण उपभोक्तालाई एक महिनाको न्यूनतम पानीको महसुल छूट र सो अवधिभरको महसुलमा विलम्ब शुल्क नलाग्ने संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए । उपभोक्तालाई बक्यौता महसुल इसेवा, आइएमई पेबाट भुक्तानी गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया