चितवनका अस्पतालमा ४९० को उपचार, १२ जनाको मृत्यु, ४४ ‘डिस्चार्ज’

अन‌ि यो पनि

चितवन ०९ जेठ । चितवनका अस्पतालमा ३७६ जना गम्भीर खालका कोरोना संक्रमित उपचाररत छन्। ६६ जना भेन्टिलेटरमा, २५४ जना आइसियूमा र ६५ जना एचडियूमा उपचाररत छन्। तीमध्ये भेन्टिलेटरमा रहनेहरुमा भरतपुर अस्पतालमा एकजना, चितवन मेडिकल कलेज अस्पतालमा ४० जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा २५ जना छन्। आइसियूमा भने भरतपुर अस्पतालमा १८ जना, चितवन मेडिकल कलेज अस्पतालमा ११६ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ९१ जना उपचाररत छन्। यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सातजना र जिल्लाका अन्य अस्पतालमा १३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

इचडियूमा भने भरतपुर अस्पतालमा २४ जना, चितवन मेडिकल कलेज अस्पतालमा १८ जना कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा पाँच जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८ जनाको उपचार भइरहेको छ। समग्रमा भरतपुर अस्पतालमा १३५ जना, चितवन मेडिकल कलेजमा १३४ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल १०६ जना वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५९ जना छन् भने जिल्लाका अन्य अस्पतालमा ३३ जनाको उपचार भइरहेको छ।

स्थानीय तहले सञ्चालन गरेको आइसोलेसनहरुमा पनि २३ जनाको उपचार भइरहेको छ। समग्रमा हेर्दा ४९० जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।

चितवनका चारसहित १२ को मृत्यु

चितवनका अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा भरतपुर अस्पतालमा चितवनका दुई, धादिङ, दाङ र गोरखाका एक/एकजना गरी पाँचजना र चितवन मेडिकल कलेज अस्पतालमा चितवनका दुई, नवलपरासी, सिमरा, रौतहट र कपिलवस्तुका एक/एकजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

४४ संक्रमणमुक्त 

चितवनका अस्पतालबाट ४४ जना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट १८ जना, चितवन मेडिकल कलेजबाट १६ जना र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट १० जना संक्रमित घर फर्किएका हुन्।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया