राष्ट्रपति र प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक : कांग्रेस

अन‌ि यो पनि

चितवन । नेपाली कांग्रेस चितवनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको सात दशक लामो बलिदानीबाट स्थापित नेपालको संविधानको मूल भावना र मर्म विपरीत दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा शनिबार जारी विज्ञप्तिमा शुक्रबार मध्यरातमा संसद् विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक कदमले संविधानमाथि नै प्रहार भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा संसद्मा आफ्नै पार्टीका सांसद्हरुको समेत समर्थन पाउन नसकेर विश्वासको मत गुमाएका प्रधानमन्त्रीले नैतिककताका आधारमा राजीनामा दिनुपर्नेमा राष्ट्रपतिको आड र भरोसामा संविधानको धारा ७६ को उपधारा ४ लाई बाइपास गर्दै उपधारा ५ अनुसार सरकार बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र राष्ट्रपतिले २१ घन्टाको समयसीमा दिई बहुमत जुटाउन गरिएको आह्वान् आफैँमा शंकास्पद रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानमाथि प्रहार गर्ने यस किसिमको कदमले लोकतन्त्र मात्र कमजोर भएको छैन, प्रधानमन्त्री र राष्ट्रपति स्वयं अलोकतान्त्रिक, निरकुंश र तानाशाहीको बाटो हिँड्न खोजेको प्रमाणित गर्दछ । तसर्थ यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्याउँदै देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन सबै राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, पेशागत संघसंगठन, बुद्धिजीवी, व्यवसायी सबैसँग हार्दिक अपिल गर्दछ ।’

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया