ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नीलकण्ठ चरा लोप हुँदै

by चितवन पोष्ट
२०७१ श्रावण १६, शुक्रबार ०४:३९ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

शीतलप्रसाद महतो
वीरगन्ज । विश्वमै दुलर्भ हँुदै गइरहेको चरा नीलकण्ठ नेपालबाट पनि क्रमशः लोप हु“दै गइरहेको छ ।
विशेषज्ञहरुका अनुसार नीलकण्ठ मात्र होइन, विगत केही वर्षयता यस क्षेत्रबाट करिब १५ प्रजातिका चरा क्रमशः लोप हँुदै गइरहेका छन् । तीमध्ये चिल, बाज, धनेश, गिद्ध, काठखोदी, गरूड, बिस्टो, कुकुर भङ्गेरा, किङफिसर, तित्रा, केका, चखेवा र धोबीचरो प्रायः लोप भइसकेका छन् भने कतिपय प्रजातिका अन्य चरा पनि लोप हुने अवस्थामा पुगेका छन् ।
साउनको सोमबारका दिन नीलकण्ठको दर्शनपश्चात् मात्र भोजन गर्ने कतिपय शिव अनुयायी यसपटक पनि निराश भएका छन् । नीलकण्ठ चराका अभावमा उनको दर्शनबिना नै अन्ततः निराश भई भोजन गर्नु परेको उनीहरु बताउ“छन् ।
यो अशुभ सङ्केत हो, लामो समयदेखि कर्मकाण्ड गर्दै आएका पुरेतबाजे हरेकान्त झा भन्नुहुन्छ– “देवाधिदेव महादेवको चरा रुप नीलकण्ठको दर्शन गर्नु प्राचीन परम्परा हो र यो तोडिनु राम्रो लक्षण होइन ।”
नीलकण्ठ चरा यसपटक मात्र देखा परेको होइन, पर्सा विजवनियाका जयकिशोर यादवले भन्नुभयो– “विगत एक दशकअघिसम्म बारी, बगैँचा र घरका छेउछाउमा देखा पर्ने यो चरा चार–पा“च वर्षदेखि नै लुप्त प्रायः भएको देखिन्छ ।”
धार्मिक ग्रन्थका अनुसार समुद्र–मन्थन गर्दा निस्किएको कालकूट विष पान गरेपछि भगवान् महादेवको नीलोकण्ठबाट अवतरित नीलकण्ठ चराको दर्शन गरे भगवान् प्रसन्न भई शुभ हुने जनविश्वासका साथ शिव भक्तजन साउनको सोमबारका दिन नीलकण्ठ चराको दर्शन गर्ने गरेका छन् ।
दैवी अवतारका रुपमा चिनिने नीलकण्ठ चरा धार्मिक दृष्टिकोणले मात्रै होइन, वैज्ञानिक तथा वातावरणीय दृष्टिकोणले पनि अत्यन्त मह¤वपूर्ण भए तापनि यो लोप तथा दुर्लभ हँुदै गइरहेकामा चरा विशेषज्ञहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
बर्सेनि भारतबाट आउने गरेका समूह–समूहका चिडियामारले जिल्लाका विभिन्न गाविसमा घुमेर चरालाई मार्ने गरेको र कतिपय सुन्दर चरालाई समातेर बेच्नका लागि भारतका ठूल्ठूला सहरतर्फ लग्ने गरेकाले पनि त्यस्ता चरा लोप हु“दै गइरहेको उनीहरुले बताएका छन् ।
तर, ठाकुरराम बहुमुखी क्याम्पसका जीवविज्ञान विषयका प्राडा प्रमोद कुशवाहा चरा यसरी लोप हु“दै जानुमा वैज्ञानिक कृषिको नाममा रासायनिक मल, रासायनिक पदार्थ र कीटनाशक औषधिको जथाभावी र अत्यधिक प्रयोग, अनियन्त्रित चोरीसिकारी, चरन क्षेत्र र बासस्थानको अभाव नै प्रमुख कारक त¤व भएको बताउनुहुन्छ ।
“कीटनाशक औषधिको अधिक प्रभावले नीलकण्ठलगायतका अन्य चराको फूल कमजोर भएको छ”– प्राडा कुशवाहा भन्नुहुन्छ– “हाल चरा ओथारोमा बस्दा फूल फुट्ने भएकाले चराको वृद्धि दर धेरै कम पाइएको छ भने चराको प्रजनन् क्षमतासमेत प्रभावित भएको छ ।”
नीलकण्ठको तालुमा एक प्रकारका नीलो तर अत्यन्त मह¤वपूर्ण तथा मह“गो हाड हुने भएकाले उक्त हाडका लागि कतिपयले नीलकण्ठलाई मार्ने गरेको पाइन्छ । उक्त हाडलाई पिँधेर विशेषतः विष सेवन गरेको व्यक्तिलाई खुवाएमा विषबाट मुक्त हुन्छ भन्ने परम्परागत मान्यता रहेको पाइन्छ ।
नीलकण्ठको बसोबास क्षेत्र मानिएको झापा, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, बा“के, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थुप्रै तराईका जिल्लामा विगत केही दशकअघिसम्म नीलकण्ठ चरा अत्यधिक पाइने गरिएको भए पनि हाल नीलकण्ठका प्रजाति लोप हु“दै गइरहेको चरा विशेषज्ञहरु बताउ“छन् ।
नेपालबाट नै प्रायः लोप हुन लागिरहेको नीलकण्ठलगायतका यस्ता चराको संरक्षण र संवद्र्धनका लागि सरकारले यसको अध्ययन र अनुसन्धान गर्नुपर्ने सुझाव स्थानीयवासीको छ । रासस

Related Posts

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

रत्ननगरमा बालविवाहविरुद्ध प्रतिबद्धता

दुई दिनदेखि हवाई उडान प्रभावित

दुई दिनदेखि हवाई उडान प्रभावित

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

इजरायलमा केयर गिभरमा लैजाने बाटो खुला

Discussion about this post

अन‌ि यो पनि

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता
राजनीति

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा...

Read more
खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

रत्ननगरमा बालविवाहविरुद्ध प्रतिबद्धता

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In