सामाजिक सञ्जालमा आक्रोश : ‘पहिले खोप, अनिमात्र भोट’

अन‌ि यो पनि

रत्ननगर, ०९ जेठ । नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनाव घोषणा गरेपछि सामाजिक सञ्जालमा आक्रोश तीव्र बनेको छ ।

देश कोरोना कहरका कारण संकटमा रहेका बेला चुनाव घोषणा गर्नु अनुचित भएको धारणा व्यक्त गरिएको स्टाटसहरु देखिन थालेको छ।

मुलुकका लागि चुनावभन्दा महत्त्वपूर्ण कोरोनाविरुद्धको भ्याक्सिन भएको भरतपुरका युवा सन्तोष सुवेदीले ‘हामीलाई कोरोनाविरुद्धको भ्याक्सिन चाहिएको छ, चुनाव होइन’ भनेर स्टाटस लेखेका छन् ।

यस्तै  विज्ञानलाल श्रेष्ठ,  रसिकलाल प्रधान र  सूर्यचन्द्र खतिवडाले पनि ‘मैले अहिलेसम्म खोप लगाउन पाएको छैन सरकार ! पहिले खोप अनिमात्र भोट’ भनेर प्रोफाइलमा फोटो अपलोड गरेका छन् ।

यसैगरी चपुरका ध्रुव मैनालीले खोप र अक्सिजन अरुसँग भीख माग्नुपर्ने देशमा २५/३० अर्ब खर्चेर मध्यावधि चुनाव घोषणा गर्नु अनुचित भएको भन्दै पहिले जनता बचाउ अनिमात्र राजनीति र चुनावका कुरा गर भनेर स्टाटस लेखेका छन् ।

यस्तै रत्नननगरका युवा सागर पौडेलले देश कोराना महामारीले आक्रान्त भई ७५ जिल्लामा निषेधाज्ञा जारी गर्नुपरेको वर्तमान अवस्थामा सत्ताको लागि हानाथाप गर्नु विडम्बना भएको जिकिर गरेका छन् ।

उनले अहिलेको पहिलो आवश्यकता कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने र देशवासीलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएर संक्रमण तथा मृत्युदर घटाउन योगदान गर्नुपर्नेमा मध्यावधि निर्वाचन घोषणा गर्नु देश र जनताप्रति नै पटाक्षेप भएको प्रतिक्रिया दिएका छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...