धादिङमा ३५ जना संक्रमित, ९३ निको

अन‌ि यो पनि

धादिङ । धादिङमा पछिल्लो २४ घन्टाको अवधिमा ३५ जनालाई कोरोना संक्रमण भएको छ भने ९३ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय धादिङका अनुसार शुक्रबार आएको पिसिआर रिपोर्टमा नीलकण्ठमा १, धुनिबेँसीमा १, गल्छीमा ११, गजुरीमा ६, बेनिघाटमा १, नेत्रावती डवजोङमा ८, खानियाबासमा १ र जिल्ला बाहिर ६ गरी ३५ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारै जिल्लाभरका ९३ जना डिस्चार्ज भएर घर फर्किएको कार्यालयले जनाएको छ ।

छिल्लो २४ घन्टाको अवधिका गंगाजमुनामा १ जना पुरुष र त्रिपुरासुन्दरीमा एक महिलाको मृत्यु भएसँगै धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

जिल्लाभित्र ७२६ सक्रिय संक्रमित र जिल्ला बाहिर १३३ सक्रिय संक्रमित गरेर धादिङको सक्रिय संक्रमित ८५९ पुगेको पनि स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लाभित्र अस्पतालको आइसोलेसनमा १५, संस्थागत आइसोलेसनमा धुनिबेँसीमा १, गल्छीमा ७, गजुरीमा ९, बेनिघाटमा ८, त्रिपुरासुन्दरीमा ३, रुबिभ्यालीमा २ जना र होम आइसोलेसन मा ६८१ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १४ र होम आइसोलेसनमा ११९ रहेका छन् ।

शुक्रबार धादिङ अस्पतालमा ५३, थाक्रेमा ४३, सिद्धलेक मा ३४, गजुरीमा ४२ र धुनिबेँसीमा ३ गरेर जिल्लाभित्र १७५ स्वाब संकलन भएको जनाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया