धादिङका बैंक एक साताका लागि बन्द

अन‌ि यो पनि

धादिङ । धादिङका बैंक तथा वित्तीय संस्थाहरू एक साताका लागि बन्द गरिने भएको छ । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको उपस्थिति बढ्दै जाँदा सदरमुकाम धादिङबेँसीमा कोरोना संक्रमणको उच्च जोखिम बढेको भन्दै आइतबारदेखि एक साताका लागि सदरमुकामका बैंक तथा वित्तीय संस्थाको सेवा बन्द गरिएको हो ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जिल्ला सदरमुकाममा सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्था आइतबारदेखि एक सातासम्म बन्द गर्ने निर्णय भएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

सदरमुकाममा रहेका १३ वटा वाणिज्य र चार वटा विकास बैंकले एक साताअघिदेखि हप्ताको दुई दिन सेवा दिँदै आएका थिए । निश्चित दिन मात्र बैंक खुल्ने भएपछि पेन्सन, सामाजिक सुरक्षा, अन्य बैकिङ कारोबारका लागि गाउँगाउँबाट दिनहुँजसो सयौँ सर्वसाधारण सदरमुकाम आउने गरेका थिए ।

बैंकमा सेवाग्राहीको चाप बढी हुने र पैसाको नोट कारोबारबाट समेत जोखिम बढ्ने भएकाले कोरोना सङ्क्रमण नियन्त्रणका लागि बैंकहरु बन्द गरिएको उनको भनाइ छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ओखलढुङ्गाको आइतबार बसेको आकस्मिक बैठकले सबै बैंकको सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार तत्काल बैंकिङ सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक सूचना जारी गर्नुका साथै सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर पत्राचार गरेको छ ।

बैंकहरु बन्द भए पनि बैंकका एटिम सेवा भने सञ्चालनमा रहने जनाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया