पत्रकारहरुलाई फोनिजमार्फत स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

अन‌ि यो पनि

चितवन ०८ जेठ । विगत १६ वर्षदेखि भरतपुरमा बसेर व्यवसाय गर्दै आएका महेशकुमार यादवले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवन (फोनिज)लाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेका छन्। रौतहट स्थायी घर भई हाल भरतपुर १० मा महेश मेडिसिन डिस्ट्रिव्युटर्स सञ्चालन गर्दै आएका यादवले पत्रकारहरुका लागि पाँच हजार थान सर्जिकल मास्क र १०० थान ह्याण्ड स्यानिटाइजर सहयोग गरेका हुन्। यादवले शनिबार फोनिज चितवनका सचिव तुलमान गुरुङ र निवर्तमान उपाध्यक्ष एवम् रेडियो चितवनका स्टेशन म्यानेजर रमेश राना मगरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

व्यवसायी यादवले यसअघि पनि हालसालै जिल्ला प्रशासन कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढलाई विपद्मा परेका व्यक्तिको उद्धार र मृत अवस्थामा भेटिएकाहरुको शव व्यवस्थापनको लागि भन्दै एक/एक थान स्टिलको स्ट्रेचरसमेत सहयोग गरेका थिए। त्यसपछि चितवनका आदिवासी जानजाति पत्रकारहरुका लागि पनि सहयोग गरेको उनले बताए।

यसअघि नेपाल मगर सांस्कृतिक संघ चितवनले पनि फोनिजको लागि १०० थान कोरियन मास्क, ५० थान ह्याण्ड स्यानिटाइजर र २० थान फेस सिल्ड सहयोग गरेको थियो। आगामी दिनमा पनि आवश्यक परेको खण्डमा सहयोग गर्न तयार रहने संघकी अध्यक्ष प्रेमकुमारी आलेमगरले विश्वास दिलाएकी छन्।

नेपाल मगर सांस्कृतिक संघ चितवन र महेशकुमार यादवमार्फत सहयोग प्राप्त उक्त सामग्री फोनिज चितवनका सदस्यहरुलाई वितरण गरिएको छ। नेवा पत्रकार राष्ट्रिय दबूः, थारु पत्रकार संघ र तामाङ पत्रकार संघमार्फत आ-आफ्ना सदस्यहरुलाई वितरण गर्न संगठनका अध्यक्षहरुलाई जिम्मा दिइसकेको फोनिज चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिए। अन्य सदस्यहरुलाई भने सम्बन्धित व्यक्तिलाई नै भेटेर उक्त सामग्री हस्तान्तरण गरिएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया