प्रदेश सरकारलाई १ करोड ७० लाखको स्वास्थ्य सामग्री सहयोग

अन‌ि यो पनि

हेटौँडा । बाागमती प्रदेश सरकारलाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड ७० लाख बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाले प्रदेश सरकारलाई कोभिड उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक करोड ७० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

शनिबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

संस्थाले अक्सिजन कन्सन्टे«टर १८ थान, हाई फ्रिक्वेन्सीको मोबाइल एक्सरे २ थान, प्लस अक्सो मिटर ६० थान, सिरिंज पम्प इन्फेसन पम्प ५/५ थान, एन ९५ मास्क ६ हजार थान, सर्जिकल मास्क एकलाख थान, फेससिल्ड २७०० थान, पिपिई ११०० थान, मोनिटर ३० थान, इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतलगायतको सहभागिता थियो । जर्मनीको अन्तर्राष्ट्रिय संस्था ब्याक टु लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

दुवै मिर्गौला फेल भएका थापाद्वारा सहयोगको याचना

–रामशरण गैरे चनौली । दुवै मिर्गौला फेल भएका भरतपुर–१८, भीमनगरका ४८ वर्षीय लोकबहादुर थापामगरले उपचारका लागि सहयोगको याचना गरेका छन्...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया