माडीमा नारायणगढ रोटरीको सहयोग

अन‌ि यो पनि

माडी । नारायणगढ रोटरी क्लबले माडी नगरपालिका वडा नं १ स्थित गर्दीका थारु महिला सामूहिक कृषि समूहलाई रोटरीको ग्लोबल गिभिङ परियोजनामार्फत व्यावसायिक कृषि कार्यक्रमका लागि ६ लाख ४० हजार रुपैयाँ सहयोग प्रदान गरेको क्लबका अध्यक्ष रोटरियन अनुकूल श्रेष्ठले बताए ।

उक्त सहयोग रकमले कृषि समूहका महिलाहरूले करिब दुई विगाह क्षेत्रमा फैलिएको पोखरीमा दुईवटा सोलार पम्प प्रणाली, आठ हजार माछाका भुराहरू र हाँस पालनका लागि एकसय वटा हाँसका चल्लाहरू खरिद गरेको नारायणगढ रोटरी क्लबका सेवा परियोजना निर्देशक इन्जिनियर गुणेश्वर महतोले हामीलाई बताए ।

त्यसैगरी, सो स्थानमा पोखरी खन्ने कार्यका लागि कृषि ज्ञान केन्द्र, भरतपुरले सहयोग उपलब्ध गराएको र हाँसको खोर निर्माणका लागि माडी नगरपालिकाको १ नं वडा कार्यालयले रकम विनियोजन गरेको इन्जिनियर महतोले बताए ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया