कोरोना महामारीका बेला भरतपुर अस्पतालका फर्मासिस्टको आन्दोलन किन ?

अन‌ि यो पनि

चितवन ०८ जेठ । भरतपुर अस्पतालको फार्मेसीमा फार्मेसी सञ्चालनको लागि बनेको निर्देशिकाबमोजिमको कर्मचारी व्यवस्थापन गर्नुपर्ने माग राख्दै फर्मासिस्टहरुले आन्दोलन गरेका छन्। २०७२ सालमा बनेको निर्देशिकाविपरित अस्पतालको फार्मेसीमा गैर फर्मासिस्टलाई राखेको भन्दै फर्मासिस्टहरुले विगत एक हप्तादेखि आन्दोलन गरेका हुन्। यसअघि सिएमए र अहेवले नै फार्मेसी धान्दै आए पनि २०७२ सालमा निर्देशिका बनेपछि फार्मेसी परिषदमा दर्ता भएका व्यक्तिले मात्रै काम गर्न पाइने भनेर व्यवस्था मिलाइएको छ ।

सोहीअनुसारको कर्मचारी व्यवस्थापन नभएको भन्दै अस्पतालका फर्मासिस्टसहित नेपाल फार्मेसी संघको जिल्लादेखि केन्द्रसम्मका समितिले आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। नेपाल फार्मेसी संघ चितवनका संयोजक विनोद पन्तका अनुसार जनशक्ति भएर पनि निर्देशिका लागू नगर्नुले फर्मासिस्टहरुको मनोबल कमजोर बनाएको छ। ‘हाम्रो माग भनेकै फार्मेसीको लागि बनेको निर्देशिकाअनुसारका कर्मचारी राख्नुपर्छ र नियमअनुसार काम गराउनुपर्छ भन्ने हो,’ उनले भने, ‘फार्मेसीको लागि फर्मासिस्टको दरबन्दी भएर पनि जिम्मेवारी दिने बेलामा अन्य व्यक्तिलाई दिन त भएन नि भन्ने कुरा हो।’

अहिले भरतपुर अस्पतालको स्टोर अहेवको जिम्मामा चलिरहेको छ। निर्देशिकाअनुसार फर्मासिस्टले हेर्नुपर्ने उनले बताए। ‘यो आन्दोलनको समय होइन, त्यसैले हामीले काममा असर नपर्ने तरिकाले आन्दोलन गरिरहेका छौँ,’ उनले भने, ‘किनकि मानव स्वास्थ्यसँग सम्बन्धित विषय भएकोले हामीले कामै रोकेर आन्दोलन गर्नु उचित होइन भनेर सांकेतिकरुपमा दैनिक विरोधका कार्यक्रमहरु गर्दै आएका छौँ।’ निर्देशिका नबनेको भए र दरबन्दी पनि नभएको भए कुरा नै नउठ्ने उनको भनाइ छ।

हाल भरतपुर अस्पतालमा २३ जना फर्मासिस्ट कार्यरत छन्। ती कर्मचारीले फार्मेसीमै काम गर्दा पनि कालो पट्टी बाँधेर काम गरिरहेका छन्। आन्दोलनको संयोजन गर्दै आएका फर्मासिस्ट डा शैलेश बसेल भने औषधि व्यवस्था विभाग काठमाडौँ सरुवा भएका छन्। जसले गर्दा आन्दोलनमा असर परेको फर्मासिस्टहरुले बताएका छन्। भरतपुर अस्पताल फार्मेसीमा अधिकृतको रुपमा कार्यरत बस्याललाई आन्दोलनको नेतृत्व गरेकै आधारमा सरुवा गराएको फर्मासिस्टहरुको आरोप छ।

जानाजान आफू मातहतका कर्मचारी राख्न भइरहेकै कर्मचारी पनि हटाएर सम्बन्धित क्षेत्रबाहिरका कर्मचारी राख्ने गलत अभ्यास भइरहेको नेपाल फार्मेसी संघको भनाइ छ। ‘सम्बन्धित क्षेत्रको जनशक्ति हुँदाहुँदै पनि असम्बन्धित क्षेत्रका व्यक्तिलाई जिम्मा दिनु भनेको गैरकानुनी हो,’ नेपाल फार्मेसी संघ केन्द्रीय समितिका अध्यक्ष अमृत खनालले भने।

चितवनमा यसबारे विगत सात महिनादेखि मौखिकरुपमा अस्पताल प्रशासन र विकास समितिसँग छलफल गरे पनि सुनुवाइ नभएकोले कोभिड महामारीको समयमा पनि आन्दोलन गर्नुपरेको कार्यक्रमको संयोजन गर्दै आएका डा शैलेश बसेलले जानकारी दिए। आन्दोलनबाट सरकार र अस्पतालसँग विभिन्न खालका मागसमेत राखेको छ।

‘जहाँ फार्मेसी, त्यहाँ फर्मासिस्ट’ भन्ने विश्वव्यापी नाराको अक्षरस कार्यान्वयन गर्न, अस्पतालको फार्मेसी स्टोरमा गैर फर्मासिस्टलाई जिम्मा दिन नपाइने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यविवरणअनुसारको जिम्मेवारी तत्कालै दिनुपर्ने, ‘राइट म्यान इन राइट प्लेस’को अवधारणाअनुसार विज्ञताको कदर गर्नुपर्ने, औषधि एवम् फार्मेसीसम्बन्धी बनेका सरकारको एन, नीति, नियम तथा कार्यविधिबमोजिम अस्पतालहरुको फार्मेसी सञ्चालन गर्नुपर्ने लगायतका माग गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...