चितवनमा कोरोना कहर : ३७१ गम्भीर संक्रमित अस्पतालमा, ११ जनाको मृत्यु, ५७ जना डिस्चार्ज 

अन‌ि यो पनि

भरतपुर,  ०८  जेठ ।  चितवनमा गम्भीर खालका संक्रमितको संख्या बढ्ने क्रम अझै कम भएको छैन। शनिबार  चितवनका विभिन्न अस्पतालमा गरी ५९ जना भेन्टिलेटरमा छन् भने २५२ जना सघन उपचार कक्ष (आइसियू)मा छन्। स्वास्थ्य कार्यालय चितवनकीजनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार  चितवन मेडिकल कलेज अस्पतालमा ३८  जना र  कलेज अफ मेडिकलसाइन्सेस शिक्षण अस्पतालमा २१ जना भेन्टिलेटरमा छन्।

यस्तै आइसियूमा भरतपुर अस्पतालमा २१ जना, चितवन मेडिकल कलेज अस्पतालमा १२७ जना, कलेज अफ मेडिकल साइन्सेसशिक्षण अस्पतालमा ७९ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ७ जना र अन्य निजी अस्पतालमा १८ जना गरी २५२जना रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

यसैगरि एचडियूमा भने भरतपुर अस्पतालमा २५ जना, चितवन मेडिकल कलेज अस्पतालमा २१ , कलेज अफ मेडिकल साइन्सेसशिक्षण अस्पतालमा ४ जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० जना गरी ६० जनाको उपचार भइरहेकोजनस्वास्थ्य अधिकृत ढकालले बताइन्।

अस्पताल भर्ना भएका संक्रमितको जम्मा संख्या हेर्ने हो भने भरतपुर अस्पतालमा १२६ जना, चितवन मेडिकल कलेजमा १४८ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ९४ जना , वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ५३ जना र अन्यअस्पतालमा ४८ जना उपचाररत छन् ।

११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा चितवनका ६  जनासहित ११ जनाले ज्यान गुमाएका छन्। भरतपुर अस्पतालमाचितवनका १ जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा चितवन, नवलपरासी , गोरखा रौतहटका एक एक जनागरि ४जनाको मृत्यु भएको छ। यसैगरी  कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा चितवनका १ र रुपन्देहीका २ गरि ३ जनाकोमृत्यु भएको छ। यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चितवनका १ जना, अन्य निजी  अस्पतालमा चितवनका १जना र भरतपुरमा  होम आइसोलेसनमा १ जनाको  स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

५७ जना अस्पतालबाट डिस्चार्ज

पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमणमुक्त चितवनका विभिन्न अस्पतालबाट डिस्चार्ज  भएका छन्। डिस्चार्ज हुनेहरुमाभरतपुर अस्पतालबाट १८ जना, चितवन मेडिकल कलेजबाट १७ जना , कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट १६ जना,वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट ४ जना र माडी  नगरपालिकाको आइसोलेसनबाट २ जना रहेको स्वास्थ्य कार्यालयचितवनले जनाएको छ।

१४१  जना  थपिए

पछिल्लो २४ घण्टामा चितवनका १४१ जना कोरोना संक्रमित थपिएका छन्। थपिएको सहित  चितवनमा सक्रिय संक्रमितको संख्या४ हजार ७३१ पुगेको छ। तीमध्ये १९९ जना अस्पताल भर्ना भएका छन् भने १५ जना पब्लिक आइसोलेसनमा छन्। बाँकी ४ हजार ५१७जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया