कोरोना महामारीबीच रस्साकस्सी गर्दै राजनैतिक दल

अन‌ि यो पनि

काठमाडौं ०८ जेठ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकबाट संसद विघटन गर्न राष्ट्रपतिसमक्ष पेस भएको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विघटन गरेपछि कोरोना महामारीका बीचमा पनि राजनैतिक माहौल चर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २७ र मंसिर ३ मा अध्यावधिक निर्वाचन गर्ने मिति नै तोकिसकेपछि हाल ओली निकटका नेकपा एमाले र केही दलबाहेक विपक्षमा उभिएका दलहरु कसरतमा जुटेका छन्।

शनिबार काठमाडौँको नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से होटलमा नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक बसिरहेको छ। संसद विघटन गरेर चुनावको मिति घोषणा भएको सन्दर्भमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न भन्दै विपक्षी दलका नेताहरु बैठक बसेका हुन्। विपक्षी गठबन्धनले संसद विघटनको विरोध गर्दै त्यसको कानुनी उपचार खोज्नेसमेत तयारी गरेको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु सहभागी छन्। यसअघि शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसद विघटन असंवैधानिक भएको ठहर गर्दै त्यसको विरोधमा कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरिसकेको छ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया