स्वास्थ्य सामग्री महँगोमा बिक्री गर्ने मेडिकल सिल

अन‌ि यो पनि

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ ।

शुक्रबार जिल्ला प्रशसन कार्यालय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मूल्यभन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउँदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो ।

साथै, मेडिकलका स्वास्थ्यकर्मी हेटौँडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौँडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मासहित उपभोक्ता हित तथा संरक्षण मञ्चसहितको टोलीले अनुगमन गरेको थियो ।

सिल गरिएको मेडिकललाई कालोबजारीअन्तर्गत मुद्दा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ । रासस

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया