हवल्दार पन्तलाई ‘उत्कृष्ट प्रहरी’को सम्मान

अन‌ि यो पनि

चितवन । इलाका प्रहरी कार्यालय मकवानपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय खैरहनी चितवनमा कार्यरत प्रहरी हवल्दार नवराज पन्तलाई वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’का रुपमा सम्मान गरिएको छ ।

हवल्दार पन्तले वैशाखमा खैरहनीको चैनपुरबाट गोप्य सूचनाका आधारमा प्रतिबन्धित लागूऔषध खैरो हिरोइन ६.२४ ग्रामसहित मानिस पक्राउ गर्न सफल भएका थिए ।यस्तै, अवैध नदीजन्य पदार्थ उत्खनन गरी चोरी पैठारी गर्ने ट्याक्टरहरु नियन्त्रणमा लिनुका साथै गस्ती तथा पेट्रोलिङमा खटिँदा विभिन्न आपराधिक घटना तथा सवारी दुर्घटना जस्ता क्रियाकलापलाई नियन्त्रणमा लिन सफल भएका थिए ।

हवल्दार पन्तलाई दिइएको जिम्मेवारी कर्तव्यनिष्ट भई इमान्दारिताका साथ कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा २०७८ वैशाख महिनाको उत्कृष्ट प्रहरीबाट सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया