शुक्रबार थप ८६०७ जनामा संक्रमण पुष्टि, १७७ को मृत्यु, ७८९० निको

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा पछिल्लो चौबीसघन्टामा कोरोना सङ्क्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार कोरोना संक्रमणबाट १९० सङ्क्रमितको मृत्यु भएको थियो ।

शुक्रबार थप ८६०७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ । थप २३ हजार २२६ जनाको पिसिआर परीक्षण तथा ८७३ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पिसिआर विधिबाट आठ हजार ४०७ तथा एन्टिजेनबाट २०० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २८ लाख ७८ हजार १४६ पुगेको छ । हाल ९१२ सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म तीन लाख ७४ हजार ८३६ जना कोरोना मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर ७८९० सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७५.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख १६ हजार १९२ सक्रिय सङ्क्रमित छन् ।

प्रतिकृया

मुख्य समाचार

अनि पहाड उक्लने भयौँ… [कोरोना डायरी–१६ ]

डायरी नियमित पढ्नेहरुले ख्याल गर्नुभएकै होला, बढ्दो कोरोना कहरलाई नियन्त्रण गर्न लकडाउन भएपछि कसरी पहिलोपटक घरबाट निस्केर बजार डुलियो...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया