प्रधानमन्त्रीका लागि ओली र देउवाको आ-आफ्नै दाबी

अन‌ि यो पनि

काठमाडौँ । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद्को हस्ताक्षर बुझाएका छन् ।

ओलीले १५३ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका छन् भने विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादीका गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको दाबी गरेका छन् । तर, एमालेभित्रकै माधव नेपाल पक्षले आफूहरुको हस्ताक्षर पहिल्यै राष्ट्रपति निवासमा आएकोमा आश्चर्य मानेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिई शीतलनिवास पुगेका नेता नेपालले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गरेका थिए । तर, राष्ट्रपतिले कुनै जवाफ नदिएपछि नेता नेपालले राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए

राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मका लागि समय दिएकी थिइन् ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया