वनमा भैंसी चराउन गएका भुजेल बाघको आक्रमणबाट घाइते

अन‌ि यो पनि

भरतपुर, ०७ जेठ। माडीमा बाघको आक्रमणबाट शुक्रवार २५ बर्षीय थमन बहादुर भुजेल  घाइते भएका छन् । माडी नगरपालिका–७ स्थित गौरीनगर सामुदायिक वनमा भैंसी चराउन गएका गोपालनगरका भुजेललाई शुक्रवार दिउँसो २:२० बजेको समयमा बाघले आक्रमण गरेको थियो।

बाघको आक्रमणबाट घाइते भएका भुजेलको माडीकै बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए । घाइते भुजेलको टाउको र हातमा चोट लागेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया