नेपालमा विषादीको प्रयोग प्रमुख चुनौती बनिरहेको छ । विषादी प्रयोग गरिएका तरकारी, फलफूल तथा खाद्यान्नले मानव स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ । समयमै सचेत नहुने हो भने यसले विकराल रुप लिने विज्ञहरुले चेतावनी दिइरहेका छन् । नेपालमा बर्सेनि भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी र फलफूलमा खपत हुने बाली तथा संरक्षण निर्देशनालयको अध्ययनले देखाएको छ । खाद्य वस्तु र आहारमा विषादीको प्रयोग चिन्ताजनक रहेको अध्ययनले देखाएको छ । विषादी प्रयोगको जोखिममा वृद्धवृद्धा, महिला र बालबालिका बढी देखिएका छन् । गर्भवती महिलाले विषादी प्रयोग भएको खानेकुरा खाँदा बच्चा अपाङ्ग जन्मिने, कम तौलको हुनेजस्ता समस्या देखिने गरेको छ । पछिल्लो समयमा बच्चाहरुमा धेरै अपाङ्गता र अस्वस्थता देखिनुको प्रमुख कारण विषादीकै प्रयोगलाई मानिएको छ । नेपालमा २ सय १ थरीका विÈादी बिक्रीका लागि सरकारले अनुमति दिए पनि प्रतिबन्धित विÈादीसमेत निर्बाध रुपमा आयात हुने गरेको छ ।
अमेरिकी जीवशास्त्री राचेल कार्सनले सन् १९६२ मा विÈादीले पु¥याउने खतरनाक प्रभावका बारेमा लेखिएको पुस्तक ‘दी साइलेन्ट स्प्रिङ’ सार्वजनिक भएपछि विश्व समुदाय निकै चिन्तित बनेको थियो । उनको अनुसन्धानबाट एक डलरको विÈादीले ५ देखि १० डलरबराबरको नोक्सानी पुग्ने उदाहरण प्रस्तुत गरिएको थियो । विभिन्न अनुसन्धानबाट रासायनिक विÈादीको अत्यधिक प्रयोगबाट आँखा कमजोर हुने, घाँटीको संक्रमण, एलर्जी, हेपाटाइटिस, हृदयरोग एवम् क्यान्सरजस्ता रोगहरु लाग्ने देखाएको छ । नेपालजस्तो जथाभावी विषादीको प्रयोग गर्ने देशका किसानको शरीरमा विषादीको अवशेष बढी पाइने वैज्ञानिकहरुको भनाइ छ । पूर्वी नेपालका चिया बगानहरुमा काम गर्ने मजदुरहरु विषादीको संसर्गले अनेकौँ रोगको उच्च जोखिममा रहेको पाइएको छ । सुरक्षा सामग्रीबिना चिया बगानमा विषादी छिट्ने काममा सयौँ मजदुर संलग्न छन् । तर, विषादीको जोखिमबाट जोगिने उपायबारे ज्ञान नहुँदा कतिपय मजदुरले गम्भीर स्वास्थ्य समस्या भोगिरहनु परेको छ ।
नेपालमा व्यावसायिक तरकारी तथा फलफूल खेती गर्दै आएका किसानहरु जटिल प्रकारका स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । रासायनिक तथा विषाक्त खानेकुराबाट नेपालका अधिकांश जिल्लाका किसानहरुमा पेट, पिसाबथैली, रगत, खाने नली, ठूलो आन्द्रा, कलेजोको क्यान्सरजस्ता समस्या देखिएको छ । चिकित्सकका अनुसार विषाक्त खानाका कारण हुने क्यान्सर अन्य देशमा पाँच प्रतिशतमात्र छ भने नेपालमा तीस प्रतिशत पुगेको छ । नेपालमा झार मार्ने युडिसाइड, अल्किन, टुफोटी, कीरा मार्ने पेस्टिसाइड, एसिफेट, अल्सुकर, एग्रोस्प्रे, जोस र उत्पादन बढाउने फोलियरलगायतका कडा विषादीको प्रयोग गर्ने चलन छ । विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाएका रातो र पहेँलो रङ्गका घातक विषादी पनि किसानले निर्धक्क प्रयोग गरिरहेका छन् । व्यावसायिक खेती गर्ने नाममा विषादीको जथाभावी प्रयोगबाट लगानीकर्तालाई प्रत्यक्ष रुपमा फाइदा पुगेको देखिए पनि मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । तसर्थ, सरकारले विषादीको असरबारे गम्भीर मनन् गर्दै जनतालाई अर्गानिक खेतीतर्फ आकर्षित गर्नु आवश्यक देखिएको छ । स्वस्थ र दीर्घ जीवनका लागि घरघरबाट रासायनिक विषादी विस्थापित गरी अर्गानिक कृषि प्रणालीमा आधारित तरकारी तथा फलफूल खेती गर्नु जरूरी देखिएको छ ।
Discussion about this post