२४ घण्टामा ९ संक्रमितको मृत्यु, ५० जना डिस्चार्ज

अन‌ि यो पनि

भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ३ जना, नवलपरासीका ४ जना र रुपन्देही र नुवाकोटको एक÷एक जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने ९ संक्रमितमध्ये भरतपुर अस्पतालमा एक जना, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा ३÷३ जना र अन्य साना अस्पतालमा दुई संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

२४ घण्टामा ५० जना संक्रमित निको भएर डिस्जार्च भएका कार्यालयकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । हाल जिल्लाका विभिन्न अस्पतालमा गरी ५१८ जना संक्रमित उपचाररत छन् ।

उपचाररत संक्रमितमध्ये भेन्टिलेटरमा ६० जना, आइसियूमा २६५ जना र ८३ जना संक्रमित छन् । चितवनका मात्रै २११ संक्रमित अस्पतालमा छन् । अन्य बाहिरी जिल्लाका हुन् ।

१६१ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा चितवनका १६१ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ६४८ पुगेको छ । जसमा भरतपुर महानगरका ३ हजार ६७७, रत्ननगरका ३४४, खैरहनीका १८४, कालिकाका १४८, माडीका १३६, राप्तीका ११० जना र इच्छाकामनाका ४२ जना रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...