सात मन्त्रालयको कार्यभार प्रम ओलीलाई

अन‌ि यो पनि

काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेकी छन् ।

सर्वोच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकूदमन्त्री दावा लामा तामाङलाई मन्त्रीको हैसियतमा कुनै कामकारवाही नगर्नू र गर्न नदिनू भनी अन्तरिम आदेश दिएको थियो ।

प्रधानमन्त्री ओलीको आजको सिफारिस बमोजिम ती मन्त्रालयको कार्यभार उनैलाई तोकिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए । रासस

प्रतिकृया

मुख्य समाचार

पोखरालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । कोभिड–१९ राहत सहयोग समितिको पहल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया