चितवनका ठूला अस्पतालमा संक्रमितको निःशुल्क उपचार

अन‌ि यो पनि

भरतपुर, ७ जेठ । चितवनका ठूला अस्पतालहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको सम्झौता अनुसार कोरोना संक्रमितहरुको निःशुल्क उपचार भइरहेको छ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसंग संक्रमितको निःशुल्क उपचार गर्न सम्झौता भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । अस्पतालले संक्रमितको निःशुल्क उपचार गरेबापत मन्त्रालयले प्रति दिन एउटा आइसियू बेडको १५ हजार, अक्सिजन चाहिने गम्भिर किसिमका बिरामी राख्ने आइसोलेसन बेडको ७ हजार र साधारण बेडको तीन हजार ५०० रुपैयाँ दिने डा. गौतमले बताए ।

क्याबिनमा बस्ने बिरामीले भने क्याबिनको शुल्क तिर्नुपर्ने उनले बताए । अस्पतालले क्याबिनको कतिसम्म शुल्क लिन पाउने भनेर मन्त्रालयले निर्धारण भने गरेको छैन ।
‘अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नुपर्छ, उपचार पाएका बिरामीको नामावली र खर्च विवरण अस्पतालले मन्त्रालयमा पठाउँछन्, सोहि अनुसार भुक्तानी गर्छौं, उनले भने, ‘बिरामीलाई बेड चार्ज, अक्सिजन र औषधी निःशुल्क हुन्छ ।’

चितवन मेडिकल कलेजमा निःशुल्क र शुल्क तिर्नुपर्ने गरी दुई किसिमको बेड रहेको कलेजका सञ्चालक डा हरिशचन्द्र न्यौपानेले बताए । ‘संक्रमितको निःशुल्क उपचार भइरहेको छ’, उनले भने, ‘पैसा तिर्छु भन्नेका लागि छुट्टै किसिमको बेडहरु पनि छन् ।’ पहिलो लहरको कोरोनाका बेला निःशुल्क उपचार गराएको करिब ६ करोड रुपैयाँ रकम मन्त्रालयले अझै नदिएको उनले गुनासो गरे ।

भरतपुर अस्पतालका कोभिड–१९ उपचार संयोजक डा प्रमोद पौडेलले पनि सबै किसिमको बेड, अक्सिजन र औषधिहरु निःशुल्क उपलब्ध गराइएको बताए । ‘हाम्रो स्टोरमा नभएका र उच्च डोजको एन्टिबायोटिक औषधिहरु बिरामीले किन्नुपर्ने हुनसक्छ’, उनले भने, ‘हामीसंग भएका औषधी र बेडहरु भने निःशुल्क नै उपलब्ध गराइएको छ ।’

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया