राप्तीका जनप्रतिनिधिको मासिक तलबको २५ प्रतिशत कोरोना कोषमा

अन‌ि यो पनि

भरतपुर । चितवनको राप्ती नगरपालिकाका जनप्रतिनिधिले कोरोना कोषमा रकम जम्मा गर्ने भएका छन् । नगरको शुक्रबार बसेको कार्यपालिकाको बैठकले जनप्रतिनिधिको मासिक तलबको २५ प्रतिशत रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी शिक्षक, कर्मचारीहरुबाट मासिक तलबको २० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय भएको नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् । कोभिड विरामीको व्यवस्थापनका लागि नगरले पहल गर्ने र अस्पतालमा आवश्यक सेवा सुविधाको लागि तत्पर रहने निर्णय भएको उनले बताइन् ।

२०७७ चैत २९ गते राप्ती–११ मा दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवार तथा घाइतेहरुलाई सहयोग गर्न नगरबाट १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि भएको बरालले जानकारी दिइन् ।

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया