नयाँ सरकार दिन सकिन : प्रधानमन्त्री ओली

अन‌ि यो पनि

भरतपुर । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको हैसियतमा नयाँ सरकार दिन नसकेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खास काममा केन्द्रित हुने अवस्था नै नभएपछि नयाँ सरकार बनाउन आह्वान गरेको बताए ।

सरकार ढाल्ने र असफल बनाउनेतर्फ राजनितिक दलहरु केन्द्रित भएको भन्दै उनले सरकारले सहज ढंगले काम गर्न नपाएको बताए ।

महामारी नियन्त्रणमा केन्द्रित हुन नपाएकै कारण गएको पुष ५ गते संसद विघटन गर्न सिफारिस गरेको भन्दै उनले अढाई महिनासम्म पनि आफु विरुद्ध अविश्वास प्रस्ताव नल्याएर प्रतिनिधि सभालाई काम गर्न नदिइएको बताए ।

बैकल्पिक सरकार नदिने र आफुलाई विश्वासको मत पनि नदिएर आफ्नै दलभित्रको एउटा गुट विपक्षीसँग मिलेर सरकार ढाल्ने प्रयास भएको उनले बताए ।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया