जनजाति पत्रकारलाई मगर सांस्कृतिक संघको स्वास्थ्य सुरक्षाका सामग्री

अन‌ि यो पनि

चितवन ०६ जेठ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनलाई नेपाल मगर सांस्कृतिक संघ चितवनले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। सञ्चार क्षेत्रमा कार्यरत जनजाति पत्रकार तथा सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाको लागि सांस्कृतिक संघले एकसय थान कोरियन मास्क, ५० थान स्यानिटाइजर र २० थान फेस सिल्ड सहयोग गरेको हो।

बिहीबार संघकी अध्यक्ष प्रेमकुमारी आलेमगरले सल्लाहकार खिलबहादुर राना (ईश्वर)को उपस्थितिमा फोनिज चितवनका सचिव तुलमान गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्। सूचना संकलन र प्रकाशन तथा प्रशारणमा तल्लीन जनजाति पत्रकारहरुलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन सांस्कृतिक संघले सानो सहयोग गरेको अध्यक्ष आलेमगरले बताइन्।

आफ्नो समुदायभित्रका पत्रकार तथा सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाप्रति नेपाल मगर सांस्कृतिक संघले देखाएको सदासायताप्रति फोनिजले खुसी व्यक्त गरेको छ। नेपाल मगर सांस्कृतिक संघले जस्तै सबै आदिवासी जनजाति सम्वद्ध संघसंस्थाले सहयोग गर्ने हो भने फोनिज सम्वद्ध कुनै पनि पत्रकार समस्यामा नपर्ने फोनिज चितवनका सचिव गुरुङले बताए।

उनका अनुसार उक्त स्वास्थ्य सुरक्षाका सामग्री आफ्ना सदस्यहरुलाई वितरण गरिनेछ। पत्रकार महासंघमा आवद्ध सदस्यहरुले यसअघि पनि यी सामग्री पाइसकेको हुँदा त्यसबाहेकका सक्रिय सदस्यहरुलाई प्राथमिकतामा राखेर उक्त सामग्री वितरण गरिने उनले बताए।

चितवनमा आदिवासी जनजाति पत्रकारहरुको संख्या ७५ जना छन्। तीमध्ये ३७ जना नेपाल पत्रकार महासंघ चितवनसँग आवद्ध छन्। कोरोना भाइरस संक्रमणको जोखिमका बेला आफ्ना सदस्यहरुप्रति फोनिज चितवन चिन्तित बनेको अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताए।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया