चितवनमा कोरोना अपडेट : २४७ थपिए, ४७ घर फर्किए

अन‌ि यो पनि

चितवन ०६ जेठ । बिहीबार चितवनमा २४७ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर महानगरपालिकामा १९१ जना, खैरहनीमा पाँचजना, माडीमा १३ जना, रत्ननगरमा २६ जना, राप्तीमा चारजना, कालिकामा ६ जना र इच्छाकामनामा दुईजना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। बुधबार थपिएका नयाँ संक्रमितसँगै चितवनमा कुल संक्रमितको संख्या १२ हजार ३१५ पुगेको छ।

संक्रमितमध्ये २१० जना अस्पताल भर्ना भएका छन् भने १५ जना स्थानीय तहद्वारा सञ्चालित आइसोलेसनमा छन्। बाँकी चार हजार ३४२ जना भने होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।यस्तै बिहीबार चितवनमा चार जना संक्रमितले ज्यान गुमाएका छन्। यो संख्यासँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८६ पुगेको छ। वैशाख महिनाको मध्यदेखि चितवनमा दैनिक सरदर २०० जनामा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ।

चितवनका अस्पतालमा १६ जनाको मृत्यु

बिहीबार चितवनका अस्पतालमा चितवनका चार जनासहित १६ जनाले ज्यान गुमाएका छन्। भरतपुर अस्पतालमा चितवन, रुकुम र पर्वतका एक/एकजनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज अस्पतालमा रुपन्देहीका तीनजना, कपिलवस्तु, मकवानपुर, रौतहट र पाल्पाका एक/एकजना गरी सातजना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा चितवन, रुपन्देही र नवलपुरका एक/एकजना गरी तीनजना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चितवन र बाहिरी जिल्लाका एक जना गरी दुईजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यस्तै माडी नगरपालिकाको आइसोलेसनमा रहेका एकजना संक्रमितको बघौडा अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ।

अस्पतालमा ५११ जना

चितवनका अस्पतालमा बिहीबार ५११ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। उनका अनुसार भेन्टिलेटरमा मात्रै ६३ जना संक्रमितको उपचार भइरहेको छ। यस्तै आइसियूमा २५९ जना, एचडियूमा ८९ जना र जनरल वार्डमा १६३ जनाको उपचार भइरहेको छ।

४७ जना संक्रमणमुक्त

चितवनका अस्पतालबाट बिहीबार ४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट १६ जना, चितवन मेडिकल कलेज अस्पतालबाट २२ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट ६ जना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दुईजना कोरोना संक्रमणमुक्त भएका हुन्। यस्तै कालिका नगरपालिकाको पब्लिक आइसोलेसनबाट पनि एकजना कोरोना संक्रमणमुक्त भएका छन्।

No photo description available.

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया