अर्थात् तेस्रो आँखा

अन‌ि यो पनि

आम मानिसहरुको समस्या सङ्ग लडेर जुधेर पार लगाउन पर्छ भन्ने धारणा छ।आँधी तुफान हुरी बतास आउँदा अधिकांश पन्छीहरु लडेर भीडेर जीवन बचाउन चाहन्छन्।लड्दा लड्दा प्रकृतिको प्रतिकुलता सङ्ग हार मानेर धेरै चराचुरुङ्गीहरु तुफान आँधी हुरिबतासँग हार मान्दै मुत्युको मुखमा पुग्छन्।

पन्छी जगतको बलियो शक्तिशाली मानिएको चिल तुफान आँधी हुरी बतास चल्दा एक्लै आकास माथि माथि उड्न थाल्छ।हुरी बतास आँधी सङ्ग लड्नु भिड्नुमा सुरक्षित देख्दैन र समस्याबाट बच्नुमा नै बुद्धिमता ठान्छ चिल।आकास माथि हुरी वतास आँधीको प्रवाह कम हुँदै जान्छ र अन्य पन्छीहरु मर्दा शक्तिशाली मानिएको चिल जुक्ति बुद्धि अक्कलको कारण सुरक्षित रहन्छ।घनघोर वर्षा असिना पर्दा पनि कयन चराचुरुङ्गी घाइते हुँदा मर्दा चील भने आकास माथि माथि उडेर सुरक्षित रहन्छ।

चराचुरुङ्गी पन्छी मध्ये शक्तिशाली मानिएको चिल उमेर तीस पैतीसमा पुग्दा कमजोर बन्छ।अनावश्यक रुपमा बढेका खुट्टाका नङग्राहरु र ठुँड (चुच्चो)का कारण चिल शिकार गर्न नसक्ने अवस्थामा पुग्छ। चिलको लागि जीवनको यही अवस्थामा गुज्रिदा मृत्युलाई निर्विकल्प रुपमा स्वीकार गर्नुको विकल्प रहदैँन।शक्तिशाली र बुद्धिमान चिल मृत्युलाई सहजै स्विकार गर्दैन।चिल एक्लै उड्दै गएर टाढा चट्टाने पहाडको टाकुरामा पुग्छ।मेहनत एवम् कष्टका साथ आफ्नो चुच्चो र दुई खुट्टाका नङग्राहरुलाई चट्टानमा बेस्सरी घोट्छ।कयन दिन चुच्चो नङग्राको दर्द पिडाका कारण चिल भोकै रहन्छ।बिस्तारै चुच्चो नङग्राका घाउहरु ठिक हुदै जान्छ।बुढो मृत्युको मुखमा धकेलिइसकेको चिल एकाएक जवान चिलमा बदलिन्छ र थप दुई दशक बाँच्छ।

मानव जातिको लागि असहज परिस्थिति सृजना भएको छ।भौतिक सुख सुविधा यश आराम बैज्ञानिक आविस्कारले गर्दा मानव जाति विकास सुख सुविधाको उच्च बिन्दुमा पुगेको भान हुन्छ। सूचना प्रविधिलगायत चिकित्सा क्षेत्रमा भएको अनुसन्धान विकास आविस्कारले थुप्रै उपलब्धि हासिल भएका छन्।अनुसन्धानले मानवको शरिरमा तिस हजारको सङ्ख्यामा रहेका जिनहरुमा भने समय सापेक्ष विकास नभएको निष्कर्ष निकालेको छ।

वातावरणिय प्रदुषण, अस्वस्थकर आहार, शारिरिक व्यायाममा कमी , प्रतिस्पर्धात्मक भावना, काम क्रोध लोभ मोह अहङ्कारको अतिबाद र लिप्साले गर्दा मानिसको मानशिक शारिरीक सामाजिक स्वास्थ्यमा ह्रास आइरहेको पाइन्छ। चिल जस्तै उच्च विवेकको प्रयोग गर्दै उच्च सावधानी अपनाउँदै ज्ञान योग ध्यान साधना सात्विक आहार सकरात्मक सोच आध्यात्मिक चिन्तन मानवसेवाको माध्यमबाट काम क्रोध लोभ मोह अहङ्कार त्याग्दै तनको स्वस्थता मनको स्थिरता चित्तको शुद्धता बुद्धि विवेकमा निखरता ल्याउन सक्ने हो भने वर्तमान बिषम परिस्थिति सहजै पार लगाउन सकिन्छ।

(सहायक क्याम्पस प्रमुख , सप्तगण्डकी बहुमुखी क्याम्पस)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...