माडीमा पोखरीमा डुबेर मृत्यु

अन‌ि यो पनि

माडी । माडीमा बिहीबार एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो ।

पाण्डे बुधबार रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहीबार बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शव पानीभित्र डुबेको अवस्थामा भेटिएको हो । पाण्डेको मृत्यु के कारणबाट भएको हो भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर ल्याइएको छ । रासस

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया