संक्रमितको अन्त्यष्टिका लागि महानगरद्वारा निःशुल्क शवबाहन र दाउरा उपलब्ध

अन‌ि यो पनि

 

भरतपुर, ६ जेठ । कोरोना संक्रमणबाट मृत्यु भएका संक्रमितको अन्त्यष्टिका लागि भरतपुर महानगरपालिकाले निःशुल्क शवबाहन र एक भारी दाउरा बापतको तीन हजार रुपैयाँ दिने बताएको छ । भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारीद्वारा जारी बिज्ञप्तिमा महानगरबासी र अन्य जिल्लाका कोरोना संक्रमणबाट मृत्यु भएकाको लागि महानगरको तर्फबाट नि:शुल्क शवबाहन र अन्त्यष्टिका लागि दाउरा खरिदमा लाग्ने तीनहजार उपलब्ध गराउने निर्णय भएको उल्लेख छ।

मृतकका आफन्तले अस्पतालले दिएको मृत्युको प्रमाण लिएर घाटमा पुगेपछि आफ्ना कर्मचारीले दाउरा उपलब्ध गराउने महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए । ‘डाक्टरले दिएको प्रमाणपत्र लिएर मृतकका आफन्तहरु घाटमा पुग्नुहुन्छ । त्यहाँ हाम्रो कर्मचारी हुन्छन् । देवघाट क्षेत्र विकास समितिले पनि कागजपत्र हेरेर नि:शुल्क दाउरा उपलब्ध गराउँछन्’, खतिवडाले बताए । महानगरले उपलब्ध गराएको शवबाहनको नम्बर ९८४५१९८३२१ मा पनि सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया