धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

अन‌ि यो पनि

रामपुर । चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनका अस्पतालहरूलाई आवश्यक महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

फाउन्डेसनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पतालला स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

फाउन्डेसनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १४० शय्याको कोभिड अस्पतालका लागि ५० थान अक्सिजन सिलिन्डरसँगै प्यासेन्ट मोनिटर, इन्फेक्सन पम्प, हाइफ्लो नेसलकेन्लालगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

महामारीको सुरुवाती दिनदेखि नै चितवनका जुझारु युवाहरुको सक्रियतामा फाउन्डेसनको टिमले आपतकालीन हेल्प डेक्स स्थापना गरी अप्ठेरोमा परेकालाई एम्बुलेन्स सेवा, रक्तदान सेवा, मेडिकल काउन्सिलिङ सेवा दिइरहेको बताउँदै अध्यक्ष धुर्मुसले हालसम्म यहाँबाट ८ सयभन्दा बढी व्यक्तिहरुलाई सेवा दिइसकेको जानकारी दिए ।

जिल्लाका सरोकारवाला निकायहरुसँगको छलफलसँगै स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरुलाई हौसला प्रदान गर्दै अस्पतालहरुमा पुगी बिरामीहरुको अवस्था र तत्कालको आवश्यकताको विषयमा परामर्श गर्दै सहयोग गरिरहेका यनले बताए । कोरोना भाइरसको यो कहर समाप्त नहुञ्जेलसम्म हामी निरन्तर अभियानमा रहने बताउँदै उनले यो अवस्थामा रङ्गशाला निर्माण अभियान पनि निरन्तर अघि बढिरहने बताए ।

स्वास्थ्यका सबै नीतिहरुलाई अवलम्बन गरी १०१ जना जनशक्ति रङ्गशालामा खटिरहेको बताउँदै उनले दुवै अभियानलाई सँगसँगै बढाउने बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

परनिर्भरताको दलदल !

प्रतिकृया