न्यौपाने दम्पतीद्वारा अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण

अन‌ि यो पनि

भरतपुर । कोरोनाको दोस्रो भेरियन्टले नेपालका विभिन्न स्थानमा घातक रुप लिइरहेको र चितवनमा पनि अक्सिजन अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै साइराम डेन्टल केयरले भरतपुर अस्पताललाई १० थान सिलिन्डर हस्तान्तरण गरेको छ ।

साइराम डेन्टल केयरका सञ्चालक दम्पती डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपानेले भरतपुर अस्पताललाई १० थान ठूलो सिलिन्डरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
न्यौपाने दम्पतीले स्वास्थ्यकर्मीका लागि अतिआवश्यक पर्ने १०० थान पिपिई र ५० कार्टुन ग्लोब्ससमेत वितरण गरेका थिए । यसैगरी, समुदायको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुका लागि ५० वटा सेनिटाइजर र ४० प्याकेट मास्क जिल्ला प्रहरी कार्यालयमा वितरण गरिएको छ ।
यस्तै, समाचार संकलनमा खटिने पत्रकारहरुका लागि १२० वटा सेनिटाइजर र ८० प्याकेट मास्क वितरण गरिएको छ । न्यौपाने दम्पतीले कुल पाँच लाख बराबरको सामग्री वितरण गरिएको जनाएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया